घ्यू र पानीको मिश्रणले गर्न सक्ला त भित्रैदेखि छालाको मर्मत ?
सारांश
- घिउ र तातो पानीको मिश्रणले छालालाई भित्रैबाट डिटक्स गरी चम्किलो बनाउँछ।
- यसले छालालाई हाइड्रेट गर्छ, बुढ्यौलीलाई सुस्त पार्छ र छाला फुट्ने समस्या कम गर्छ।
- बिहान खाली पेटमा एक चम्चा घिउ र एक गिलास तातो पानी पिउनुपर्छ, र ३० मिनेट केही खानु हुँदैन।
काठमाडौँ । रासायनिक छाला उत्पादनहरूले भरिएको संसारमा केही मानिसहरू अब प्राकृतिक र घरेलु उपचारहरूतिर फर्किरहेका छन् । छाला सफा राख्न आयुर्वेदमा भनिएको एउटा गोप्य उपाय होः घ्यू र तातो पानीको संयोजन ।
यसले तपाईंको पाचन त सुधार गर्छ नै भित्रैबाट छालालाई पनि मर्मत गर्छ । बिहान खाली पेटमा एक चम्चा शुद्ध घ्यूसँग तातो पानी पिउनाले छालामा प्राकृतिक चमक आउँछ र फुस्रोपन हट्छ । यो सरल उपायले छालाको स्वास्थ्यलाई नयाँ ऊर्जा दिन मद्दत गर्न सक्छ । आजको यस लेखमा हामी घ्यू र तातो पानीलाई एकसाथ पिउँदा हुने फाइदाबारे कुराकानी गर्नेछौंः
छालालाई भित्रैबाट डिटकस गर्छः
घ्यू र तातो पानीको मिश्रणले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ । जब शरीर सफा हुन्छ, यसको प्रभाव प्रत्यक्ष रूपमा अनुहारमा देखिन्छ । छाला सफा र ताजा देखिन्छ ।
छालालाई भित्रैदेखि हाइड्रेट गर्छ
घ्यूमा रहेको स्वस्थ बोसोले छालालाई भित्रबाट पोषण दिन्छ । यसले छालाको सुख्खापन हटाउँछ अनि यसलाई नरम र कोमल पनि बनाउँछ ।
बुढ्यौली सुस्त पार्छ
घ्यूमा भिटामिन ए र ई हुन्छ जसले छालालाई बुढ्यौलीको प्रभावबाट बचाउँछ । यसको दैनिक सेवनले छालालाई कसिलो बनाउन र चाउरीपना कम गर्न मद्दत गर्छ ।
छाला फुट्दैन
तपाईंलाई पिम्पल वा छाला फुट्ने समस्या छ भने, घ्यू र तातो पानीको मिश्रणले यो समस्यालाई नियन्त्रण गर्न सक्छ । यसले शरीरको सुन्निएको हिस्सालाई बसाल्छ र हर्मोनलाई सन्तुलित गर्छ ।
प्राकृतिक चमक
शरीर भित्रैबाट स्वस्थ भयो भने यसको प्रभाव बाहिरबाट पनि देखिन्छ । घ्यू र तातो पानीले छालाको रङ्ग सुधार गर्छ र अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
यसरी गर्नुहोस् सेवन
– बिहान खाली पेटमा १ चम्चा शुद्ध गाईको घ्यू खानुहोस् ।
–त्यसपछि १ गिलास मनतातो पानी पिउनुहोस् ।
–यसपछि कम्तीमा ३० मिनेटसम्म केही खाने वा पिउने गर्नु हुन्न ।
अस्वीकरण: यस लेखमा केवल रोग र स्वास्थ्य समस्याहरूको बारेमा जागरूकता ल्याउने उद्देश्यले जानकारी दिइएको । यो चिकित्सा रायको विकल्प होइन । यहाँ बताइएका कुरा लागू गर्नु अघि एक पटक आफ्नो डाक्टरसँग सल्लाह लिनु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण