माओवादी पदाधिकारी बैठकले तय गर्यो स्थायी समिति बैठकका एजेन्डा
सारांश
- माओवादी केन्द्रले स्थायी समिति बैठकका एजेन्डा तय गरेको छ।
- पार्टी अध्यक्षले वर्तमान अवस्थाबारे जानकारी गराउनेछन्, र मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुनेछ।
- बैठकमा समाजवादी मोर्चा विस्तार र आन्तरिक एकता सुदृढीकरणबारे छलफल हुनेछ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थायी समिति बैठकमा पेस गर्ने एजेन्डा तय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले आजको बैठक औपचारिक भन्दा पनि अनौपचारिक बैठक भएको जिकिर गरे ।
‘स्थायी समिति बैठकको एजेन्डा तय गरेका छौँ । हेडक्वाटरको तर्फबाट अध्यक्षले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्नुहुन्छ । मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठकबारे मिति तय हुन्छ । समाजवादी मोर्चालाई अझ विस्तार गर्ने विषयमा छलफल गर्छ । सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरणबारे छलफल हुन्छ । बाढी पहिरो लगायत विषयमा समसामयिक प्रस्ताव तयार हुन्छ’, बैठकपछि उनले भने ।
यस्तै आन्तरिक एकतालाई मजबुत गराउने विषय पार्टीको नियमित एजेन्डा भएको उनले जिकिर गरे । बैठकमा उपमहासचिव जनार्दन शर्माबारे केही छलफल नभएको सापकोटाले बताए । उनले स्थायी समितिको पूर्व सन्ध्यामा प्रवक्ताले अन्तर्विरोधबारे बोल्नु उचित नहुने स्पष्ट पारे । माओवादीको स्थायी समिति बैठक शुक्रबार बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण