बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
बुधबार, १४ साउन २०८२, २० : ००
काठमाडौँ । एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
जुलाइ ३१ तारिखदेखि सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
यु–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यु–२२ को ५० केजीमुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतले बुधबारै एक कार्यक्रमकाबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण