भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन नबनेसम्म रास्वपाको विरोध जारी रहने
सारांश
- रास्वपाले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग गर्दै विरोध जारी राख्ने निर्णय गरेको छ।
- संसदीय दलको बैठकले विभिन्न विधेयकमा पार्टीको सहभागिता र सक्रियता बढाउने निर्णय गरेको छ।
- बैठकमा कार्यवाहक सभापतिले समसामयिक राजनीतिक विषय र भ्रष्टाचारबारे जानकारी गराए।
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समितिको माग सहितको विरोध जारी राख्ने निर्णय गरेको छ ।
बुधबार रुपन्देहीको भैरहवामा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा उठाइरहेको भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी जस्तो सङ्गठित अपराधमा आवश्यक न्यायिक वा संसदीय छानबिन समितिको माग सहितको विरोध जारी राख्ने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
सदनमा र संसदीय समितिहरूमा विभिन्न विधेयकहरूमा भइरहेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीको सहभागिता र थप सक्रियताको बारेमा बैठकबाट छलफल भएको थियो ।
देशभित्र र प्रवासमा सङ्गठनको कार्यक्रमहरूमा रास्वपा सांसदहरूको सहभागिता सक्रियता र उपस्थितिहरूलाई अझै प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको प्रवक्ता झाले बताए ।
बैठकमा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले समसामयिक राजनीतिक विषयका साथै भ्रष्टाचारमा व्याप्त मन्त्रीहरू मुछिएको लगायतबारे जानकार दिएका थिए ।
साथै कार्यवाहक सभापति अर्यालले रास्वपाले जारी राखेको हस्ताक्षर सङ्कलन अभियानबारे समेत दलका सदस्यहरूलाई जानकारी गराएका प्रवक्ता झाले बताए ।
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुर भ्रमणको क्रममा भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण