लिङ्देनको स्वकीय सचिवद्वारा राप्रपाकै कार्यकर्तामाथि हातपात
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै एक कार्यकर्तामाथि हातपात गरेका छन् ।
लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा पार्टीकै कार्यकर्ता राजु गैरेलाई कुटपिट गरेको आरोप लागेको हो ।
कुटपिटमा परेका गैरेले आफूलाई छत्रले हेलमेटले अन्धाधुन्द प्रहार गरेको रातोपाटीलाई बताए । कुटपिटबाट कुनै चोटपटक नलागेपनि रिँगटा लाग्नेलगायतका समस्या भएपछि आफू अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको उनले बताए । यस्तै उनले छत्रविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी समेत दिएका छन् ।
छत्रले गैरेमाथि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी आरोप लगाउँदै एकाएक कुटेर भोगेको बताइएको छ ।
गैरेले गत निर्वाचनमा पाल्पामा राप्रपाको तर्फबाट गत प्रदेशसभा सदस्य पदमा उम्मेदवारी समेत दिएका थिए ।
घटनाका यसबारेमा प्रतिक्रिया लिन रातोपाटीले खडायतलाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर स्विच अफ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण