शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ, बचतकर्ताको  ५ करोड ९० लाख हिनामिनाको आरोप

बिहीबार, १५ साउन २०८२, १२ : ४६
बिहीबार, १५ साउन २०८२

सारांश

  • भैरहवाको सहकारी संस्थाका अध्यक्ष अशोक केसी ५ करोड ९० लाख हिनामिना आरोपमा पक्राउ परेका छन्।
  • सहकारीका शेयर सदस्य र बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका केसीलाई भक्तपुरबाट पक्राउ गरिएको हो।
  • केसी वैशाख २० गतेदेखि फरार थिए र उनी दोलखा जिल्लाका बासिन्दा हुन्।

बुटवल । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका–५ मा रहेको उक्त सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ गरेका हुन् ।

बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका दोलखाको मेलु गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसी  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले बताए ।

केसी वैशाख २० गतेदेखि फरार भएका थिए । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्य ठिमी नगरपालिका वडा नं। ३ बाट पक्राउ  गरेर रुपन्देही ल्याएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप