बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाललाई ऐतिहासिक अवसर : आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोट आयोजना गर्ने

बिहीबार, १५ साउन २०८२, १४ : ३३
बिहीबार, १५ साउन २०८२

सारांश

  • नेपालले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ।
  • छनोट प्रतियोगिता २०२५ को जनवरीमा सुरु भई फेब्रुअरीसम्म चल्नेछ, जसमा १० टोलीले भाग लिनेछन्।
  • शीर्ष चार टोलीले २०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन्।

काठमाडौँ । नेपालले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अवसर पाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि छनोट प्रतियोगिता नेपालमा आयोजना गर्ने घोषणा गरेको हो । 

यो छनोट प्रतियोगिता सन् २०२५ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुनेछ । यस प्रतियोगितामा कुल १० टोलीले सहभागिता जनाउनेछन्, जसबाट शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको मुख्य प्रतियोगितामा आफ्नो स्थान पक्का गर्नेछन् । 

छनोट प्रतियोगितामा बंगलादेश र आयरल्यान्डले सन् २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागी भएको आधारमा सोझै स्थान बनाएका छन् । यसैगरी, एसियाली क्षेत्रीय छनोटबाट आयोजक नेपाल र थाइल्यान्ड तथा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिकाले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । 

बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट समान दुई-दुई तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक टोलीले आ-आफ्नो क्षेत्रीय छनोट प्रतियोगिता पार गरेपछि स्थान बनाउनेछन् ।

नेपालमा हुने छनोट प्रतियोगितामा सहभागी १० टोली पाँच-पाँच टोलीको दुई समूहमा बाँडिनेछ । त्यसपछि सुपर सिक्स र फाइनल खेल हुनेछ । प्रतियोगिताको पूरा खेल तालिका भने आईसीसीले पछि सार्वजनिक गर्ने जनाएको छ । 

यसैबिच सन् २०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने मुख्य आईसीसी महिला टी-२० विश्वकपको तालिका भने पहिल्यै सार्वजनिक भइसकेको छ । उक्त प्रतियोगिता सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ ।

२४ दिनसम्म चल्ने प्रतियोगिता ओल्ड ट्राफोर्ड, हेडिङ्ग्ले र ह्याम्पसायर बाउल लगायत सात विभिन्न मैदान हुनेछन् । जहाँ ३३ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल भने लर्ड्समा हुनेछ । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप