रेशम चौधरीले श्रीमतीलाई हटाएर बुबालाई बनाए अध्यक्ष, के भन्छन् नयाँ अध्यक्ष लालवीर ?
सारांश
- नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाए।
- पार्टीभित्रको विवाद समाधान गर्न लालवीर चौधरीले विधि र पद्धति अनुसार काम गर्ने बताए।
- लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट नहटाएको तर पार्टीलाई निकास दिन यो कदम चालिएको बताए।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् । पार्टीभित्र विवाद बढिरहेको बेला नाउपाले संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो।
नयाँ अध्यक्ष चयन गरिएको घोषणा बिहीबार गरियो । अध्यक्षको जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए । ‘हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक निकास निकाल्न सफल भएका छौँ’, उनले भने ।
यो सफलताका लागि उनले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सबैलाई धन्यवाद दिए ।
उनले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको बताए । ‘उहाँलाई हटाइएको होइन—उहाँलाई दण्डित गरिएको पनि होइन। केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको हो’, उनले भने, ‘हामी अझै पनि उहाँप्रति सम्मानजनक व्यवहार गर्न तयार छौँ र उहाँलाई पार्टीमा सहभागी हुन पनि आग्रह गरेका छौँ। तर, उहाँ आफैँ आउन चाहनु भएन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण