पहिलो टेस्टमा न्युजिल्याण्डको सहज जित
काठमाडौँ । जिम्बाब्वेविरुद्धको पहिलो टेस्टमा न्युजिल्यान्डले ८ रनको सामान्य लक्ष्य १४ बलमा नै पूरा गरेर शानदार जित हासिल गरेको छ। टोली ९ विकेटले विजयी बनेको हो ।
घरेलु मैदानमा जिम्बाब्वेको खराब प्रदर्शन कायमै रहेको छ। यस वर्ष बंगलादेशविरुद्धको एउटा टेस्टमा मात्रै जित हासिल गरेको जिम्बाब्वेले पछिल्ला पाँच टेस्टमा हार बेहोरेको छ ।
न्युजिल्यान्डको जितमा मुख्य भूमिका बलरहरूले निभाएका थिए। यसमा पनि म्याट हेनरीको प्रदर्शन उत्कृष्ट रह्यो, जसले आफ्नो टेस्ट करियरमा दोस्रो पटक नौ विकेट लिए । यसमध्ये दोस्रो इनिङ्समा उनले तीन विकेट लिएका थिए ।
यसबाहेक स्ट्यान्ड–इन कप्तान मिचेल सान्टनरको ४/२७ र विल ओ’रुर्कको ३/२८ को उत्कृष्ट बलिङको मद्दतले जिम्बाब्वे दुवै इनिङ्समा १७० रनभन्दा कममा समेटिएको थियो ।
जिम्बाब्वेको ब्याटिङ लाइनअपमा युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण भए पनि ठूलो स्कोर बनाउन असफल रह्यो। यो म्याचमा शेन विलियम्सको ४९ रनको पारी मात्रै उल्लेख्य रह्यो। यद्यपि, विकेटकिपर तफद्व त्सिगाले पहिलो इनिङ्समा करियरकै उत्कृष्ट ३० रन र दोस्रो इनिङ्समा २७ रन बनाएर इनिङ्स हारबाट बचाएका थिए ।
जिम्बाब्वेले पहिलो इनिङ्समा १४९ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले ३०७ रन बनायो । जिम्बाब्वेले दोस्रो इनिङ्समा १६५ रन मात्र जोड्न सक्यो ।
२ खेलको शृङ्खलामा पाहुना टोलीले १–० को अग्रता बनाउन सफल भएको छ । अब दोस्रो खेल अगस्ट ७ देखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण