राष्ट्रिय चलचित्र पुरस्कार : शाहरुख र विक्रान्त उत्कृष्ट
काठमाडौँ । ७१ औँ राष्ट्रिय चलचित्र पुरस्कारको नतिजा शुक्रबार घोषणा गरिएको छ। यस वर्ष धेरै प्रसिद्ध चलचित्र र कलाकारहरूले फिचर फिल्म, गैर–फिचर फिल्म लगायत विभिन्न विधामा सम्मान प्राप्त गरेका छन् ।
फिचर फिल्म श्रेणीमा, हिन्दी फिल्म ‘टुवेल्थ फेल’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो। सर्वश्रेष्ठ मनोरञ्जक लोकप्रिय फिल्म विधामा करण जोहर निर्देशित ‘रकी रानी की प्रेम कहानी’ ले पुरस्कार जित्यो। यस फिल्मको निर्माता धर्मा प्रोडक्सन प्राइभेट लिमिटेड हो ।
यस पटक दुई कलाकारले उत्कृष्ट अभिनेताको अवार्ड जिते। शाहरुख खानलाई ‘जवान’ का लागि र विक्रान्त मेसीलाई ‘टुवेल्थ फेल’ का लागि यो अवार्ड दिइएको थियो ।
‘मिसेस चटर्जी भर्सेस नर्वे’ मा उनको शक्तिशाली अभिनयको लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरिएको थियो। ‘द केरला स्टोरी’का निर्देशक सुदिप्तो सेन निर्देशनका लागि सम्मानित भएका छन् ।
संगीत विधामा, शिल्पा रावलाई जवानको ‘चलैया’ गीतको लागि उत्कृष्ट महिला पाश्र्व गायिका र पीभीएनएस रोहितलाई तेलुगु फिल्म बेबीको ‘प्रेमीस्थुना’ गीतको लागि उत्कृष्ट पुरुष पाश्र्व गायिकाको अवार्ड प्रदान गरियो ।
गैर–फीचर फिल्म श्रेणीमा उत्कृष्ट फिल्मको अवार्ड सौम्यजित घोष दस्तीदारद्वारा निर्देशित फ्लावरिङ म्यान (हिन्दी) ले पायो ।
उत्कृष्ट सह–अभिनेताको पुरस्कार फिल्म ‘पोक्कलम’ (मलयालम) का लागि विजयराघवन र फिल्म ‘पार्किङ’ (तमिल) का लागि एमएस भास्करलाई दिइएको छ ।
राष्ट्रिय, सामाजिक र वातावरणीय मूल्यमान्यतालाई प्रवद्र्धन गर्ने उत्कृष्ट फिचर फिल्मको पुरस्कार मेघना गुलजारद्वारा निर्देशित हिन्दी फिल्म ‘साम बहादुर’ लाई प्रदान गरियो ।
’द केरला स्टोरी’ का लागि प्रशान्तनु महापात्रालाई उत्कृष्ट छायांकनको पुरस्कार प्रदान गरियो।
संगीत विधामा, उत्कृष्ट संगीत निर्देशनको पुरस्कार दुई भागमा विभाजन गरिएको थियो। तमिल फिल्म ‘वाथी’ ले गीतहरूको लागि जित्यो भने हिन्दी फिल्म ‘एनिमल’ ब्याकग्राउन्ड संगीतको लागि छनोट भयो ।
कोरियोग्राफीको अवार्ड ‘रकी और रानी की प्रेम कहानी’ले पाएको छ । यो फिल्मको कोरियोग्राफर वैभवी मर्चेन्ट हुन् ।
सर्वश्रेष्ठ हिन्दी फिल्मको पुरस्कार यशोवर्धन मिश्रा निर्देशित ’कटहलः अ ज्याकफ्रुट मिस्ट्री’ ले पायो।
गैर–फीचर विधामा, सौम्यजित घोष निर्देशित हिन्दी फिल्म ‘फ्लावरिङ म्यान’ उत्कृष्ट फिल्मको रूपमा छनोट भयो। ३० मिनेटसम्मको गैर–फीचर फिल्म विधामा, मनीष सैनी निर्देशित ‘गिद्ध द स्क्याभेन्जर’ ले पुरस्कार जित्यो ।
सामाजिक र वातावरणीय मूल्यमान्यतालाई प्रवद्र्धन गर्ने उत्कृष्ट गैर–फीचर फिल्मको पुरस्कार अक्षत गुप्ता निर्देशित ‘द साइलेन्ट एपिडेमिक’ लाई दिइएको थियो। तमिल फिल्म ‘लिटिल विंग्स’ ले गैर–फिचर फिल्महरूको छायांकन श्रेणीमा पुरस्कार जित्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण