रेडक्रसले वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने
शनिबार, १७ साउन २०८२, ०६ : २६
सारांश
- नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको समस्या समाधानका लागि विधान संशोधन गर्ने जनाएको छ।
- समितिले समाज कल्याण परिषदमा आबद्ध भएर काम गर्ने बताएको छ।
- सरकारले गठन गरेको समितिले विधान संशोधन र महाधिवेशन गर्ने कार्यमा सहयोगको अपेक्षा गरेको छ।
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ ।
सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ ।
सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान संशोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्ने कार्यमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण