राष्ट्रिय पुरस्कार पाएपछि शाहरुख खानले भने : अभिनय केवल काम होइन, जिम्मेवारी हो
सारांश
- अभिनेता शाहरुख खानले 'जवान' फिल्मबाट उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार जितेका छन्।
- उनले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै पुरस्कारप्रति आभार व्यक्त गरे र थप मिहिनेत गर्ने बताए।
- 'जवान' का निर्देशक एटलीसहित सम्पूर्ण टिमलाई धन्यवाद दिँदै उनले अभिनयलाई जिम्मेवारी माने।
काठमाडाैँ । बलिउड अभिनेता शाहरुख खानले ‘जवान’ फिल्मका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार जितेपछि भारत सरकार, सूचना तथा प्रसारण मन्त्रालय र निर्णायक मण्डलप्रति आभार प्रकट गरेका छन्।
शुक्रबार उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक भिडियो सेयर गर्दै राष्ट्रिय चलचित्र पुरस्कारप्रति कृतज्ञता व्यक्त गरेका हुन्।
शाहरुखले भने, 'राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि मात्र होइन, यसले मलाई सम्झाउँछ कि म जे गर्छु, त्यो महत्त्वपूर्ण छ। यसले मलाई अझ कडा मेहनत गर्न, निरन्तर अघि बढ्न र सिनेमाको सेवा गर्न प्रेरित गर्छ। अभिनय केवल काम होइन, यो जिम्मेवारी हो। पर्दामा सत्य देखाउनु पनि जिम्मेवारी हो।'
उनले ‘जवान’ फिल्मका निर्देशक एटलीसहित सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्। शुक्रबार घोषणा गरिएको ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत दुई जना अभिनेता प्रमुख भूमिकामा उत्कृष्ट अभिनयको लागि पुरस्कृत भएका थिए ।
जसमा शाहरुख खानले ‘जवान’ मा उत्कृष्ट अभिनयका लागि पुरस्कार पाएका हुन् । यस्तै विक्रान्त मेस्सीले '१२ औं फेल' का लागि समान पुरस्कार जिते।
यसैगरी रानी मुखर्जी ले ‘मिसेस चटर्जी भर्सेस नर्वे’ मा दमदार अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरिन्। ‘द केरला स्टोरी’ का निर्देशक सुदिप्तो सेन ले उत्कृष्ट निर्देशनको पुरस्कार जिते।
मनोरञ्जनात्मक लोकप्रिय फिल्मको श्रेणीमा करण जोहरद्वारा निर्देशित ‘रकी और रानी की प्रेम कहानी’ ले पुरस्कार जित्यो। फिल्म धर्मा प्रोडक्सन प्राइभेट लिमिटेडले निर्माण गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण