करेन्ट लागेर एक बालकको मृत्यु
शनिबार, १७ साउन २०८२, २० : ०९
सारांश
- बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ ।
- डिलाशैनी गाउँपालिका-३ का बालक किरण कोलीको डिन्नीगाड खोलामा करेन्ट लागेर मृत्यु भएको हो ।
- बालुवा सङ्कलन गर्ने क्रममा विद्युत् पोलमा छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ ।
बैतडी । करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण