८२९ किलोमिटरसम्म फैलिएको विश्वकै लामो चट्याङ
सारांश
- अमेरिकामा ८२९ किलोमिटर लामो बिजुली चम्किएको नयाँ विश्व कीर्तिमान बनेको छ, जसलाई अहिलेसम्मकै लामो चट्याङ भनिएको छ।
- यो घटना सन् २०१७ को अक्टोबर २२ मा टेक्सासदेखि कन्सास सिटीसम्म भएको थियो, जसले ठुलो विद्युतीय शक्ति उत्पन्न गर्यो।
- यसअघि, सन् २०२० मा ७६८ किलोमिटरको चट्याङको रेकर्ड थियो, तर नयाँ रेकर्डले त्यसलाई उछिनेको छ।
जेनेभा । संयुक्त राज्य अमेरिकामा चट्याङ पर्दा फैलिएको ८२९ किलोमिटर लामो बिजुलीको चमकले नयाँ विश्व कीर्तिमान बनाएको छ, जसलाई हालसम्मकै सबैभन्दा लामो चट्याङका रूपमा घोषणा गरिएको छ।
विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा उक्त चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको मौसममामिला निकाय (डब्लूएमओ)का अनुसार सन् २०१७ को अक्टोबर २२ को लामो विशाल चट्याङ (मेगाफ्ल्याश) ले महाकाय विद्युतीय शक्ति उत्पन्न गरेको थियो । यो चट्याङ प्रकाशको दू्री यति लामो थियो कि चट्याङ परेको क्षेत्रलाई पार गर्न सामान्यतया एउटा कारलाई करिब आठदेखि नौ घण्टा र हवाइजहाजलाई करिब ९० मिनेटको समय लाग्छ ।
यसअघि, सन् २०२० अप्रिल २९ मा मिसिसिपी र टेक्सासको बीचमा ७६८ किलोमिटर लामो चट्याङ प्रकाशलाई विश्वको सबैभन्दा लामो चट्याङको रेकर्डका रूपमा सन् २०२२ मा प्रमाणित गरिएको थियो ।
अघिल्लो र नयाँ दुवै रेकर्डमा आठ किलोमिटर बढी वा कमी त्रुटि रहेको हुनसक्ने बताइएको छ ।
सन् २०१७ को आँधीले थुप्रै ठूला चट्याङका लहर निम्त्याएको थियो तर तीमध्ये तीन वटालाई ठूला र लामा (मेगाफ्ल्यास) चट्याङको रूपमा विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण