अपडेट
सप्तरीमा प्रहरीले गोली चलायो, दुई जना लागुऔषध कारोबारी पक्राउ
आइतबार, १८ साउन २०८२, ११ : ४३
सारांश
- सप्तरीमा प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विशाल राय र मनोज राय रहेका छन्।
- प्रहरीले उनीहरूको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । सप्तरीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तसरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय छन् ।
आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । ब्युरोका वरिष्ठ सई बालकृष्ण सन्जेल नेतृत्वको टिमले आरोपीहरूको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण