मातृभाषा संरक्षणको लागि सचेतना जगाउन प्रदर्शनी
सारांश
- नेवा: ग्वहालि पुच: र नेवा: मिसा ग्वहालि पुच: ले मातृभाषाको संरक्षणको लागि प्लेकार्ड प्रदर्शनी गरे।
- प्रदर्शनीमा 'हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔँ' जस्ता नारा लेखिएका प्लेकार्डहरु राखिएका थिए।
- भाषासेवी, कलाकार र स्थानीय बासिन्दाले कार्यक्रममा भाग लिएका थिए, जसले मातृभाषाको महत्व दर्शाउछ।
काठमाडौँ । मातृभाषाको संरक्षण, प्रवर्द्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शनी गरेका छन् । नेवा: ग्वहालि पुचः र नेवा: मिसा ग्वहालि पुचःले गुंला पर्वको बखत स्वयम्भू महाचैत्य दर्शन गर्नआउने स्थानीयबासीको सन्दर्भ मिलाएर भगवानपाउ क्षेत्रमा प्लेकार्ड प्रदर्शनी गरेका हुन् ।
_qUaV4PU4f2.jpg)
प्लेकार्डमा ‘हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔँ, नेवार भएकोमा गर्व गरौँ, मातृभाषाको संरक्षणले सहअस्तित्व कायम गर्दछ जस्ता नारा लेखिएका थिए । प्लेकार्ड प्रदर्शनीमा भाषासेवी विष्णु चित्रकार, विद्यादेवी चित्रकार, श्रीकृष्ण मानन्धर, रवीन्द्र श्रेष्ठ, गायिका रोजी श्रेष्ठ डंगोल लगायतले भाग लिएका थिए ।
_7hdAPJ4nkN.jpg)
नेवा: ग्वहालि पुचः, आदिवासी नेवा: आदिवासी राजनीतिक अभियान, नेवा: मिसा ग्वहालि पुचःले वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि महानगरका विभिन्न वडाका नेवा: मिसा ग्वहालि पुचःले प्लेकार्डसहित प्रदर्शनीमा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण