वि.सं. २०३० को काठमाडौँ देखिने सेट बनाएर तीनकुनेमा ‘क्याप्टेन साब’को छायाङ्कन
सारांश
- दीपेन्द्र.के खनाल निर्देशित फिल्म 'क्याप्टेन साब'को काठमाडौँमा छायाङ्कन भइरहेको छ, जसमा २०३० र ४० को दशकको काठमाडौँ देखाइनेछ।
- फिल्मका लागि पुरानो शैलीका घरहरू निर्माण गरिएको छ र कलाकारहरूले त्यही समयको पहिरन लगाएका छन्।
- 'क्याप्टेन साब' क्याप्टेन रामेश्वर थापाको बायोपिक हो, जसको छायाङ्कन काठमाडौँ, काभ्रे, चितवन र वीरगञ्जमा हुनेछ।
काठमाडौँ । दीपेन्द्र.के खनाल निर्देशित फिल्म ‘क्याप्टेन साब’को काठमाडौँको तीनकुनेमा छायाङ्कन भइरहेको छ । फिल्मको विक्रम संवत् २०३० र ४० को काठमाडौँ कस्तो थियो भन्ने देखाउने भव्य सेट बनाएर छायाङ्कन भइरहेको छ । सेटमा विसं २०३० र ४० को काठमाडौँमा भएका शैलीका घर निर्माण गरिएको छ ।
‘काठमाडौँको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ’, निर्देशक खनालले भने, ‘त्यो बेलाको काठमाडौँ कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौँ ।’ पब्लिककले चिट गरेजस्तो थाहा नहुने गरेर काम गरिरहेको उनले सुनाए ।
सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा व्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ ।
‘जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ’, निर्देशक खनालले थपे ।
‘क्याप्टेन साब’को गत शनिबार (श्रावण १०)देखि छायाङ्कन सुरु भएको छ । काठमाडौँपछि फिल्मको छायाङ्कन काभ्रेको धुमखर्क, बेथानचोक चितवन र वीरगञ्जमा हुनेछ ।
‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी पनि हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीको मुख्य भूमिका छ । फिल्मको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण