भविष्यमा नेपाल प्रिमियर लिग खेल्न पनि सक्छु: डिभिलियर्स
सारांश
- एबी डी भिलियर्सले भविष्यमा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने सम्भावना रहेको बताए।
- उनले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै भविष्यमा ठूलो टिम बन्न सक्ने बताए।
- डी भिलियर्सले नेपाली खेलाडीहरूलाई थप अवसर दिनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । विश्व क्रिकेट लिजेन्ड एबी डिभिलियर्सले भविष्यमा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सक्ने सम्भावना रहेको बताएका छन् ।
डिभिलियर्सले शुभंकर मिश्राको पडकास्टमा कुराकानी गर्दै तत्कालको समयमा नभएपनि भविष्यमा एनपीएल खेल्न सक्ने बताए ।
‘अहिले मेरो समय मिलेको छैन । भविष्यका के हुन्छ भन्न सकिन्न । म एनपीएल खेल्न पनि सक्छु,’ उनले भने । डिभिलियर्सले नेपाली क्रिकेट टोलीको पनि खुलेर तारिफ गरेका छन् । उनले नेपाली टोली भविष्यमा विश्व क्रिकेटमा ठुलो टिम बन्न सक्ने बताए ।
साथै उनले नेपाली टोली र टिमका खेलाडीहरूले धेरै अवसर नपाएका कारण क्रिकेटको निकायहरूले अवसर दिन पर्ने बताए ।
‘नेपाली टोली धेरै सम्भावना बोकेको टोली हो । नेपाली टोली र खेलाडीहरूले धेरै अवसर पाएका छैनन् । क्रिकेटका सर्वोच्च निकायहरूले नेपाली टोलीलाई धेरै खेल्ने मौका दिनुपर्छ,’ डिभिलियर्सले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण