इन्टरनेट सेवामा शीर्ष ५ कम्पनीको प्रभुत्व
सारांश
- नेपालमा इन्टरनेट बजारमा शीर्ष ५ कम्पनीको प्रभुत्व रहेको छ, जसले बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन्।
- वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड सबैभन्दा धेरै ग्राहक भएको कम्पनी हो, जसको बजार हिस्सा ३१.१७ प्रतिशत छ।
- डिस मिडिया नेटवर्क, नेपाल टेलिकम, भायानेट र सुबिसु अन्य प्रमुख इन्टरनेट सेवा प्रदायक हुन्।
काठमाडौँ । इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरूको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार शीर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स ब्रोडब्याण्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक सङ्ख्या वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका छन् । १० लाख भन्दा बढी ग्राहक बनाएर अग्रस्थानमा रहेको यो कम्पनीको बजार हिस्सा ३१.१७ प्रतिशत पुगेको छ ।
ग्राहक सङ्ख्याको हिसाबले दोस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडले पनि पछिल्लो समय तीव्र रूपमा बजार विस्तार गरेको छ । डिस मिडियाका ३ लाख ६१ हजार ३९४ ग्राहक छन् भने बजार हिस्सा ११.१२ प्रतिशत ओगटेको छ ।
यस्तै तेस्रो स्थानमा सरकारको प्रत्यक्ष लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ३ लाख ५४ हजार ४३८ ग्राहक रहेका छन् । सरकारी कम्पनीले एनटीसीले १०.९१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
बजार हिस्साको रूपमा चौथो स्थानमा रहेको भायानेट कम्युनिकेसन लिमिटेडका ग्राहक ३ लाख १९ हजार रहेका छन् । भायानेटले नेपाली इन्टरनेटको दुनियाँमा ९.८२ प्रतिशत बजार हिस्सा ओगटेको छ । अर्को कम्पनी सुबिसु केबलनेट लिमिटेडका ग्राहक २ लाख ९९ हजार रहेका छन् । यो कम्पनीले ९ दशमलव २१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको सङ्ख्या बढाउन चर्को प्रतिष्पर्धा चल्ने गरेको छ । क्लासिक टेकका ग्राहक सङ्ख्या हेर्ने हो भने १ लाख ८७ हजार १३७ रहेका छन् । यो कम्पनीको बजार हिस्सा ५ दशमलव ७६ प्रतिशत रहेको छ । यस्तै, वेबसर्फर नेपालका १ लाख ७५ हजार ६५९ ग्राहकहरू रहेका छन् । यसले ५ दशमलव ४१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
यस्तै, टेकमाइन्ड्स नेटवर्क इन्टरनेट प्रयोगकर्ता १ लाख ०१ हजार ५८० रहेका छन् । यो कम्पनीको बजार हिस्सा ३ दशमलव १३ प्रतिशत रहेको छ । चौधरी ग्रुपको लगानी रहेको सिजी कम्युनिकेसन्सका ग्राहक ८२ हजार ८६० रहेका छन् । यसले २ दशमलव ५५ प्रतिशत बजार हिस्सा ओगटेको छ भने पछिल्लो समय सस्तोमा इन्टरनेट दिएको दाबी गर्ने वाइफाइ नेपालका ग्राहक ८० हजार ३७१ रहेका छन् ।
यो कम्पनीले २ दशमलव ४७ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै ब्रोडलिंक नेटवर्कले १ दशमलव ६४, फाइबरवर्ल्ड कम्युनिकेसनले १ दशमलव ३१, सजिलो नेटले १ दशमलव ६ प्रतिशत बजार हिस्सा ओगटेका छन् । एक प्रतिशत भन्दा कम बजार हिस्सा ओगट्नेमा फस्र्टलिंक कम्युनिकेसन, कनेक्ट नेपाल नेटवर्क, एरोनेट, चित्रवन युनिक नेट, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस नेटवर्क,आइ.जोनलगायतका कम्पनीहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण