कविता
किन जान्छौ विदेश ?
आइतबार, १८ साउन २०८२, १४ : ४३
यहीँ छ पहाड यहीँ छ मधेस
वीर नेपाली किन जान्छौ विदेश
यहीँ छ हिमाल यहीँ छ बेँसी
हे देशभक्त किन हुन्छौ विदेशी
जीवन आखिरमा हो दुई दिन
नतिरीकन आमाको दुधको ऋण
छोडेर जन्मे-हुर्केको प्यारो देश
त्यागेर पहिचान फेरेर भेष
अर्काको देशमा पसिना चुहाउन
दु:ख र एक्लोपनले मन रूवाउन
जवानीलाई बुढ्याइँ फुलाउन केश
प्यारा सन्तान किन जान्छौ विदेश
नेपाल हाम्रो घर नेपाली परिवार
जातजाति संस्कृति सभ्य संस्कार
बुद्ध र सीता जन्मेको पवित्र भूमि
बिर्सेर स्वाभिमान पैसालाई चुमी
नढाँटी भन छ त मनमा सन्तोष
देशबाट दूर कति हो कति कोस
जाँगर जोश उतै मारी खै र ऐश
आफन्त छोडी किन जान्छौ विदेश
यहीँ छ पहाड यहीँ छ मधेस
वीर नेपाली किन जान्छौ विदेश
यहीँ छ हिमाल यहीँ छ बेँसी
हे देशभक्त किन हुन्छौ विदेशी
-हाल लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण