स्थायी कमिटी बैठक
जसले गल्ती गर्यो उसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड
आइतबार, १८ साउन २०८२, १७ : १४
सारांश
- प्रचण्डले पार्टी भित्र गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताए।
- स्थायी समिति बैठकमा उनले यस्तो कुरा बताएका हुन्।
- प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई आन्तरिक विषय बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराए।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र जसले गल्ती गर्यो उसले आत्मालोचना गर्नुपर्ने बताएका छन् । आइतबार स्थायी समिति बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीले आत्मालोचना गर्नुहुन्छ भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् ।
‘बैठक चलिरहेको छ । जसले गल्ती गर्यो उसले आत्मालोचना गर्नुपर्छ’, उनले भने । बैठकको सुरुको दिन एजेन्डा प्रस्तुत गर्ने क्रममा प्रचण्डले उपमहासचिव जनार्दन शर्माले आन्तरिक विषय बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराएका थिए ।
अध्यक्षको जवाफ फर्काउँदै शर्माले अजाको बैठकमा प्रचण्डले आत्मालोचना गरे आफूले पनि गर्न तयार भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण