अपडेट
खोटाङ दुर्घटना अपडेट : एक जनाको मृत्यु
सोमबार, १९ साउन २०८२, १२ : २८
सारांश
- खोटाङको हलेसी दर्शन गरी फर्किँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा १६ जना घाइते भएका छन् र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
- गाडी अनियन्त्रित भई करिब २०० मिटर तल खसेको र घटनाको थप अनुसन्धान भइरहेको छ।
सिराहा । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोला नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी नरहा गाउँपालिका–३ कि ३६ वर्षीय ममतादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण