किसानलाई चिउरा चाउचाउ हैन, प्याकेज योजनाको व्यवस्था गर : सांसद न्यौपाने
सारांश
- सांसद ईश्वरी न्यौपानेले बाढीबाट प्रभावित किसानका लागि चिउरा-चाउचाउ नभई वैकल्पिक योजनाको माग गरिन्।
- उनले कृषि र किसानको उत्थानका लागि प्याकेज योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।
- न्यौपानेले कृषिप्रधान देश भएर पनि किसानको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले किसानलाई बाढी आउँदा चिउरा चाउचाउ हैन, वैकल्पिक योजनासहित कृषि र कृषकको उत्थानको लागि प्याकेज योजनाको व्यवस्था गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद न्यौपानेले प्याकेजको योजना ल्याए मात्र सरकार किसानको साथमा छ भन्ने अनुभूति हुने भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
न्यौपानेले भनिन्, ‘किसानलाई बाढी आउँदा चिउरा चाउचाउ हैन, यस्तो क्षेत्रमा वैकल्पिक योजना सहित कृषि र कृषकको उत्थानको लागि प्याकेज योजनाको व्यवस्था गरियोस् ताकि सरकार किसानको साथमा छ भन्ने अनुभूति किसानले गर्न सकुन्।’
उनले नेपाल कृषिप्रधान देश भए पनि कृषिको विकास, कृषकको अत्यावश्यक आवश्यकतालाई ध्यान दिन नसकेको बताइन् । जुनसुकै सरकारले कृषकलाई मौखिक आश्वासन बाँडेको बाँड्यै तर व्यवहारमा किसानको जीवनमा हिजो र आजमा कुनै परिवर्तन ल्याउन पहल नगरेको आरोप उनको थियो ।
किसानले उत्पादन गरेको धान पनि राख्ने ठाउँ नभएर सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण