सिद्धबाबामा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध
सोमबार, १९ साउन २०८२, १५ : ०१
सारांश
- सिद्धबाबा क्षेत्रमा ढुङ्गा खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
- लगातारको वर्षाका कारण पाल्पाबाट बुटवलतर्फ आउने र बुटवलबाट पाल्पातर्फ जाने सवारी साधन रोकिएका छन्।
- पानी रोकिएपछि जेसीबी प्रयोग गरेर सडक खुलाउने प्रयास गरिनेछ।
बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा ढुङ्गा खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार बिहानदेखि परेको लगातारको वर्षासँगै माथिल्लो सिद्धबाबाको तीनवटा स्थानमा पहिरोसहित ठूला ढुङ्गा खसेका कारण सडक अवरुद्ध भएको हो।
अवरोधका कारण पाल्पाबाट बुटवलतर्फ आउने सवारीलाई दोभान र बुटवलबाट पाल्पातर्फ जाने सवारीलाई गोलपार्कमै रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दोभान प्रहरी चौकीका इन्चार्ज सही रोमबहादुर केसीका अनुसार, लगातारको वर्षाका कारण ढुङ्गा हटाउने प्रयास तत्काल सफल हुन सकेको छैन। उनका अनुसार अहिले पनि पानी परिरहेको र पानी रोकिएपछि जेसीबी प्रयोग गरेर सडक खुलाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण