रुटले पछि पारे पोन्टिङ, कालिस र जयवर्द्धने
सोमबार, १९ साउन २०८२, १५ : ३१
सारांश
- इंग्ल्याण्डका ब्याटर जो रुटले भारतविरुद्धको टेस्टको दोस्रो इनिङ्समा शतक बनाए ।
- रुटको यो टेस्ट क्रिकेटमा ३९ औँ शतक हो, र उनले थुप्रै कीर्तिमान बनाए ।
- उनले इंग्ल्याण्डमा सर्वाधिक शतक बनाउने कीर्तिमान बनाए, र भारतविरुद्ध १३ शतक बनाए ।
ओभल । भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टको दोस्रो इनिङ्समा इंग्ल्याण्डका प्रभावशाली ब्याटर जो रुटले शतकीय इनिङ्स खेलेका छन् ।
उनले बनाएको १ सय ५ रनको मद्दतले इंग्ल्याण्डले चौथो दिनको खेल समाप्त हुँदा ६ विकेटको क्षतिमा ३ सय ३९ रन बनाएको छ । टोली जितका लागि अब ३५ रन आवश्यक छ ।
रुटको टेस्ट क्रिकेटमा ३९ औँ शतक थियो । उनी सबैभन्दा धेरै शतक बनाउने ब्याटरको सूचीमा चौथो स्थानमा छन् । उनीभन्दा अघि सचिन तेन्दुल्कर (५१), ज्याक कालिस (४५) र रिकी पोन्टिङ (४१) मात्र रहेका छन् ।
यो खेलमा उनले थुप्रै रेकर्डहरू बनाएका छन् । हेरौँ:
- २४ – इंग्ल्याण्डमा रुटले बनाएको शतकको सङ्ख्या । कुनै पनि ब्याटरले एक देशमा बनाएको यो सबैभन्दा धेरै शतक हो । यसअघि, रिकी पोन्टिङ, ज्याक कालिस र महेल जयवर्द्धनेले २३–२३ वटा तक बनाए ।
- १३ – भारतविरुद्ध रुटले बनाएको शतकको सङ्ख्या । उनीभन्दा अघि डन ब्राडम्यानले सर्वाधिक १९ पटक इंल्याण्डविरुद्ध शतक बनाएका थिए । सुनिल गाजस्करले पनि वेस्ट इन्डिजविरुद्ध १३ वटा शतक बनाएका छन् ।
- १३ – रुटले खेलको चौथो इनिङ्समा बनाएको अर्धशतकको सङ्ख्या । पछिल्लो ७० वर्षमा कुनै पनि ब्याटरले यो उपलब्धि हात पार्न सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण