पाँचौँ टेस्टमा भारतको रोमाञ्चक जित, बराबरीमा टुङ्गियो शृङ्खला
ओभल । इंग्ल्याण्डविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा भारतले ६ रनको रोमाञ्चक जित हात पारेको छ । ३७४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३६७ रनमा अलआउट हुन पुगेको हो ।
भारतलाई जित दिलाउन मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले घातक बलिङ गरे । सिराजले ३०.१ ओभरमा १०४ रन खर्चेर ५ विकेट लिए । कृष्णाले ४ विकेट हात पारे । योसँगै टेस्ट शृङ्खला २–२ को बराबरीमा टुंगिएको छ ।
दोस्रो इनिङ्समा इंग्ल्याण्डका लागि ह्यारी ब्रुक र जो रुटले शतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ब्रुकले १११ रन तथा रुटले १०५ रन बनाए । ओपनर बेन डकेटले ५४ रनको योगदान दिए ।

घाइते रहेका क्रिस वोक्ससमेत हातमा ब्यान्डेज लगाएर मैदानमा उत्रिए पनि टोली झिनो अन्तरले पराजित हुन पुग्यो ।
यसअघि, पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा २२४ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले २४७ रन जोडेको थियो । भारतले दोस्रो इनिङ्समा ३९६ रन बनाउँदै ३ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
लिड्समा खेलिएको पहिलो टेस्ट इंग्ल्याण्डले ५ विकेटले जितेको थियो । दोस्रो टेस्टमा भारतले ३३६ रनले जित्दै कम्ब्याक गरेको थियो । तर, तेस्रो टेस्टमा इंग्ल्याण्डले २२ रनको रोमाञ्चक जित हात पार्यो । चौथो टेस्ट भने बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण