महाकालीमा पानीको प्रवाह घट्यो
सोमबार, १९ साउन २०८२, २१ : २५
सारांश
- महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला गरिएको छ।
- प्रहरीका अनुसार, पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमन बन्द गरिएको थियो।
- अहिले पानीको बहाव घटेर ९९ हजार ४९० क्युसेक पुगेको छ।
कञ्चनपुर । महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला गरिएको छ । पानीको प्रवाह बढेपछि चारपाङ्ग्र्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।
आज साँझ महाकालीमा पानीको बहाव घटेर ९९ हजार ४९० क्युसेक भएपछि सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराले जानकारी दिए ।
‘महाकालीमा पानीको प्रवाह एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइएको थियो’ , उनले भने, ‘दिउँसो एक लाख ६८ हजार क्युसेक पुगेको थियो, अहिले घटेर ९९ हजार ४००मा झरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण