शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रिहाइमा ढिलाइ

कर्मचारी नहुँदा दुर्गा प्रसाईंको रिहाइमा ढिलाइ

सोमबार, १९ साउन २०८२, २१ : ५७
सोमबार, १९ साउन २०८२

सारांश

  • उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
  • अदालतको आदेश डिल्लीबजार कारागारमा पुगे पनि रिहाइ प्रक्रिया ढिलाइ भएको छ।
  • प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटी माग गरिएको थियो।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले दुई वटा मुद्दामा धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतले आदेश गरेको पत्र डिल्लीबजार कारागारमा पुगे पनि उनी रिहा भएका छैनन् ।

अदालतको आदेश र ‘थुनामुक्त गर्नु’ भन्ने पत्र ढिला प्राप्त भएको कारण उनको रिहाइमा ढिला भएको हो । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले प्रक्रिया पुरा गरेर रिहाइ गर्न कर्मचारी खोजिरहेको बताए । उनले भने, ‘सबै साथीहरू घर फर्किसक्नुभएको छ, नजिक भएका साथीहरूलाई सम्पर्क गरेर त्यहाँ पठाउने प्रयास गरिरहेको छु ।’

सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

त्यस्तै, सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् ।

२०८१ चैत १५ मा काठमाडौंको तीनकुनेमा पुर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवान्छित गतिबिधी गरेको कसुरमा यसअघि काठमाडौँ जिल्ला अदालतका न्यायाधिश ध्रुबराज कार्कीले गरेको आदेश उच्चले बदर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप