सुर्खेतमा अविरल वर्षा : पहिरोले अवरुद्ध रत्न राजमार्गमा खुल्यो, एक घर भत्कियो
सारांश
- सुर्खेतमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ।
- भेरीगंगा नगरपालिकामा पहिरो जाँदा कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध भयो, तर अहिले सडक सञ्चालनमा आएको छ।
- गुर्भाकोट नगरपालिकामा एक घर भत्कियो, तर मानवीय क्षति भएन र परिवार सुरक्षित माइतीघरमा आश्रय लिएका छन्।
सुर्खेत । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुर्खेतमा जनजीवन प्रभावित बनेको छ ।
वर्षाले पहिरो जाँदा कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ६ बजे भेरीगंगा नगरपालिका-२, पैसठ्ठी भन्ने स्थानमा सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा रत्न राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो ।
पहिरोको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी सहायक निरीक्षक प्रेम बहादुर गुरुङको कमान्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले जेसीबीको सहायताले पहिरो पन्छाउने काम सुरु गरेको थियो ।
अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक माेहनजंग बुढ्थापाले बताए।
यसै गरी, अविरल वर्षाकै कारण गुर्भाकोट नगरपालिका-१, काल्चे घुमाउनेमा एक घर भत्किएको छ । आज बिहान ८:४५ बजे स्थानीय ३२ वर्षीया दालमाया बुढाको तीन तले कच्ची घरको पूर्वपट्टिको भित्ता भत्किएको हो ।
ढुंगा र माटोले बनेको जस्तापाताले छाएको उक्त पाँच कोठे घर भत्किँदा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको बुढ्थापाले बताए।
घरमा श्रीमान्, श्रीमती र एक छोरा, एक छोरी गरी चार जनाको परिवार बस्दै आएको थियो । घटनापछि उनीहरू सुरक्षित रूपमा माइतीघरमा आश्रय लिएर बसेका छन् ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मालारानीबाट खटिएको प्रहरी टोलीले परिवारको उद्धारमा सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण