जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
सारांश
- सप्तरी जिल्ला अधिवेशनबाट जसपा नेपालको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन्।
- अध्यक्ष पदका लागि भएको निर्वाचनमा केदारले ३० मतले उमेश यादवलाई पराजित गरे।
- अधिवेशनमा लक्ष्मण यादव उपाध्यक्ष, नीरज मुक्ति सचिव, रिता चौधरी र रामेश्वर यादव उपसचिव तथा अमरेन्द्र यादव कोषाध्यक्षमा निर्वाचित भए।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । उनी यसअघि पनि सो पार्टीका जिल्ला अध्यक्ष नै थिए । जिल्ला कार्य समितिका लागि भएको मतदानमा उनका प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै उनी विजय भएको जसपा नेपालले जानकारी गराएको छ ।
मंगलबार राजविराजमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि ५०४ मत परेको थियो । जसमा २३५ मत ल्याएर केदार यादव अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव विजयी भएका छन् ।
जिल्ला सचिवमा नीरज मुक्तिले जम्मा १ मतले निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।
साउन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनपछि भएको निर्वाचनबाट आज केदार यादव अध्यक्षमा चयन भएका छन् ।
जिल्ला कार्यसमितिका सदस्यहरूको आज दिउसोदेखि मतगणना सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण