विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न योगेश भट्टराईको ध्यानाकर्षण
सारांश
- एमाले सांसद योगेश भट्टराईले विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे।
- भट्टराईले हमासद्वारा बन्धक बनाइएका जोशीको अवस्था सार्वजनिक नभएकोमा चिन्ता व्यक्त गरे।
- उनले नेपालले कसैलाई शत्रु नठान्ने र नेपाली नागरिक युद्धमा सामेल नभएको बताए।
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले विपिन जोशीको रिहाइका लागि सरकारलाई अझै कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले २ jर्षदेखि बेपत्ता रहेका जोशीबारे प्रभावकारी कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘हाम्रा नेपाली युवा विपिन जोशी २०२३ अक्टोबर हमासद्वारा कब्जा गरी बन्धक बनाइएको २ वर्ष बित्न लागेको छ आजसम्म पनि उहाँको स्थिति सार्वजनिक भएको छैन’, भट्टराईले भने, ‘म नेपाल सरकारलाई विपिन जोशीको सन्दर्भमा अझै प्रभावकारी कूटनीतिक पहल गर्नका निम्ति ध्यानाकर्षण गर्दछु ।’
उनले नेपालले कुनै पनि देशलाई शत्रु राष्ट्र नठान्ने भन्दै नेपाली नागरिक वा नेपाली सेना कुनै पनि दुई राष्ट्रबिचको युद्धमा सामेल नभएको बताए ।
‘यस्तो अवस्थामा पनि नेपाली नागरिकहरू विभिन्न देशमा बन्धक हुनु दुखको कुरा हो’, भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण