अर्थमन्त्रीलाई प्रेम सुवालको प्रश्न : नेपालीको सम्पत्तिको सीमा निर्धारण कहिले गर्नुहुन्छ ?
सारांश
- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देश ग्रेलिस्टमा परेको विषयमा अर्थमन्त्रीसँग जवाफ मागे।
- सांसद सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन र नेपालीको सम्पत्तिको सीमा निर्धारण गर्न माग गरे।
- उनले ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने कुरा उठाए।
काठमाडौँ । मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश के कारणले ग्रेलिस्टमा परेको भन्दै अर्थमन्त्रीसँग जवाफ माग गरेका हुन् ।
उनले नेपालीहरूको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन अर्थमन्त्रीसमक्ष माग गरे । सांसद सुवालले भने, ‘नेपाल ग्रेलिस्टमा परेको हो की होइन ? ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने हो की होइन ? नेपालीको सम्पत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था भए सम्पत्ति शुद्धीकरण हुने र देश ग्रेलिस्टमा नपर्ने हो की होइन ? ग्रेलिस्टबाट मुलुकलाई हटाउन सरकारले के कस्तो काम गर्दैछ ?’
सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्सानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण