कर्णालीमा योजना छनोट र बजेट विनियोजनमा सुधार आवश्यक : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशसभाका माननीय सदस्यज्यूहरूसँग कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ र कर्णाली प्रदेश आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि छलफल कार्यक्रममालाई सम्बोधन गर्दै कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नु पर्नेमा जोड दिए ।
प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकारबिचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको पनि बताए ।
साथै विकास र निर्माणमा आ–आफ्नो बजेट भए पनि सबै तहका सरकार र निकायबिच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा यसअघि गहिरो अध्ययन नभएको बताए । जसका कारण बजेट निर्माण जटिल भएको उनको भनाइ छ । ‘अब सङ्कलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित आयोजना छनोट गरिनुपर्छ,’ उनले भने ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक सङ्केत दिएको बताए । विगतमा भएका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको पनि उनको भनाइ छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डलाई अझै सरल बनाउनुपर्ने बताइन् । प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण