विधान महाधिवेशनलाई एमालेले उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्सवको रूपमा मनाउने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरूका संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले पार्टीको नीति,विधि र भविष्यको नेतृत्वका सन्दर्भमा ऐतिहासिक निर्णयहरू गर्ने बताए ।
‘नेतृत्व छान्ने महाधिवेशन र नीति बनाउने महाधिवेशन एकै पटक हुँदा नीतिका कुरा ओझेलमा परे । नेतृत्वका बारेमा मात्र बहस र प्रतिस्पर्धा भए,’ महासचिव पोखरेलले भने,‘जसले गर्दा एमालेले २०७८ सालमा पहिलो प्रथम र यसपाली दोस्रो पटक विधान महाधिवेशन गर्न लागेको हो ।’
पार्टीको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराईज हलमा हुँदैछ ।
महाधिवेशनका सन्दर्भमा पार्टीले व्यहोरेका उतार चढाव,सरकारको नेतृत्व गर्दा हासिल गरेका उपलब्धि आदिका बारेमा व्यापक चर्चा परिचर्चा गरेको जनजनमा विधान महाधिवेशनका सन्दर्भमा चासो र जिज्ञासा जागरण गराउनु पर्ने महासचिव पोखरेलको धारणा छ ।
उनले पार्टीमा चर्चा र विवादको विषय बनाइन सुरु गरेको पूर्वराष्ट्रपतिको सन्दर्भमा छोटो समयमा उपयुक्त तरिकाले समाधान गरिएको दाबी समेत गरे ।
‘पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आगमनको सन्दर्भ पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट बढी उचालिएको रहेछ भन्ने कुरा साउन ६ गते सकिएको केन्द्रीय कमिटीबाट स्पष्ट भयो,’ महासचिव पोखरेलले भने, ‘केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा उहाँलाई सम्माननीय कै स्थानमा बस्ने निर्णय लियो । यसबाट पुष्टि हुन्छ कि पार्टी भित्रका भन्दा पनि पार्टी बाहिरकाहरू उहाँलाई सक्रिय राजनीतिमा ल्याएर विवादमा पार्न चाहन्थे ।’
पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण विशिष्ट प्रकारको विषय भएकोले यसका लागि विशेष निर्णय नै चाहिएको पाखरेलको भनाइ छ। सदस्यता नवीकरणका विषयमा कतिपयले हल्का टिप्पणी गरेको पाइएको र यस विषयको गहिराइमा उनीहरू नपुगेको पार्टीमा रिसाएकालाई फकाएर सदस्यता नवीकरण गर्ने बताए । ‘पार्टीबाट रिसाएकाहरूलाई पनि फकाएर सदस्यता नवीकरण गरिन्छ । त्यसैले नवीकरण गर्छ भनेर स्वतःस्फूर्त भन्नेको नवीकरण हुनुपर्ने हो’ महासचिव पोखरेलले भन्नुभयो ‘उहाँ विशिष्ट व्यक्तित्व हो । सम्मानित व्यक्तित्व हो । त्यसैले पार्टीले पनि विशिष्ट प्रकारले सम्मानजनक निर्णय गरेको छ । ’
बैठकमा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक साताभित्र विभागले विधान महाधिवेशनको प्रचारका लागि विस्तृत कार्य योजना बनाएर पार्टी केन्द्रीय कार्यालयमा बुझाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण