सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या
सारांश
- भोजपुरका स्थानीय तहमा सर्भर नचल्दा सेवा प्रवाहमा समस्या आएको छ, जसले सेवाग्राहीलाई घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ।
- वडा कार्यालयहरूले सामाजिक सुरक्षा भत्ता नवीकरण र राजस्व सङ्कलन जस्ता कामहरू गरिरहेका छन्, तर सर्भरको समस्याले कर्मचारी र सेवाग्राही दुवैलाई समस्या भएको छ।
- भोजपुर नगरपालिका-५ बोखिमले बिहान सेवा सञ्चालन गरेर सेवा दिइरहेको छ, तर सर्भरको समस्या फेरि दोहोरिएपछि सेवाग्राही मारमा परेका छन्।
भोजपुर । स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राही घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ ।
यतिबेला स्थानीय तहका वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नुपरेको छ । सर्भरका कारण सेवा प्रवाहमा समस्या भएपछि भोजपुर नगरपालिका–५ बोखिमले बिहान कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ ।
बिहान दुई दिन जति राम्रो ढङ्गले सेवा दिएको भए पनि पछिल्लो समय सर्भरमा त्यही समस्या देखिएको वडासचिव अभिनास राईले जानकारी दिए । सेवा प्रवाहका क्रममा दैनिकजसो सर्भर नचल्दा सेवाग्राही मारमा पर्ने गरेका उनको भनाइ छ ।
“अहिले वडास्तरमा सर्भरमार्फत गर्ने कामको चाप छ, बिहान राम्रो चल्छ कि भनेर कार्यालय खोलेर सेवा प्रवाह गर्दै आएका छौँ । केही दिन त राम्रै चल्यो, अहिले फेरि उस्तै समस्या छ । सर्भर नचल्दा दुईचार मिनेटमा हुने कामको लागि घण्टौँ लाग्ने अवस्था छ ।”
वडामा सामाजिक सुरक्षा भत्ता लिने तीन सय ५२ लाभग्राहीमध्ये बिहान सेवा सञ्चालन गरेर एक सयका हारहारीको नवीकरण सम्पन्न भएको वडासचिव राईले बताए । प्रायः सबै स्थानीय तहमा सर्भर नल्दा सेवा प्रवाहमा समस्या भएको उनले जानकारी दिए । सर्भरमा समस्या आएर सेवा प्रवाहमा कठिनाइ भएपछि नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले बिहान पनि कार्यालय सञ्चालनमा ल्याएको भोजपुर नगरपालिका–५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण