कहिले रिलिज हुँदैछ आइफोन १७ ?
सारांश
- एप्पलले चाँडै नै आइफोन १७ सार्वजनिक गर्ने तयारी गरेको छ, जर्मन पत्रिकाको दाबी छ।
- कम्पनीले सेप्टेम्बर ९ मा आइफोन सिरिज सार्वजनिक गर्ने सम्भावना रहेको छ।
- आइफोन १७ सिरिजमा चार वटा मोडलहरू हुने सम्भावना छ, जसमा ए१९ चिप प्रयोग हुनेछ।
काठमाडौँ । एप्पलले छिट्टै नै अर्को पुस्ताको आइफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले अहिलेसम्म यसको आधिकारिक विवरण त दिएको छैन तर एउटा जर्मन पत्रिकाले आइफोन १७ को लन्च इभेन्टको मिति तय भएको दाबीसहितको समाचार छापेको छ ।
एप्पलले यही वर्ष सेप्टेम्बर ९ मा आइफोन सिरिज अनावरण गर्ने स्थानीय मोबाइल प्रदायकलाई उद्धृत गर्दै जर्मन पत्रिका आईफोन टिकरले उल्लेख गरेको छ । कम्पनीले यसअघि पनि हरेक वर्ष सेप्टेम्बरमा नै आइफोन लन्च गरेको थियो । पत्रिकाले भनेको मिति पनि सोही मितिसँग मेल खान्छ ।
ब्लुम्बर्गको एक टेक रिपोर्टरले पनि यसअघि नै एप्पलले ८ देखि १२ सेप्टेम्बरको बिचमा सो कार्यक्रम आयोजना गर्न सक्ने भनेर संकेत गरेको थियो ।
आइफोनले आइफोन १६ सिरिजका फोन गएको वर्ष सेप्टेम्बर ९ मा लन्च गरेको थियो । आइफोन १५ को लाइन अप पनि २०२३ को सेप्टेम्बर १२ मा भएको थियो ।
यस पटक कम्पनीले आइफोन १७, आइफोन १७ एयर, आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्स गरेर चार वटा मोडल लन्च गर्न सक्ने बताइएको छ । यी मध्ये पहिलो दुई मोडेलहरूमा ए१९ चिप हुनेछ । प्रो मोडलमा भने ए१९ प्रो चिपसेट हुन सक्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण