सबै सङ्घीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था मिलाउन निर्देशन
बुधबार, २१ साउन २०८२, २० : ३०
सारांश
- स्वास्थ्य मन्त्रीले संघीय अस्पतालहरूमा डिजिटल भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएका छन्।
- मन्त्री पौडेलको सचिवालयले डिजिटल पेमेन्टलाई अघि बढाउने निर्णय गरेको छ।
- अस्पतालहरूले भीड व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् र अनुगमन कडाईका साथ गरिनेछ।
काठमाडौँ । देशका सबै सङ्घीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालको सेवा डिजिटल बनाउने सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूले मन्त्रालयसमक्ष जनाएको नौ बुँदे प्रतिबद्धता अन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण