बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ
बिहीबार, २२ साउन २०८२, १२ : २७
सारांश
- नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य हुने बताए।
- उनले सरकारले बहुविवाह सम्बन्धी विधेयक ल्याउन लागेकोमा असन्तुष्टि जनाए।
- श्रेष्ठले यस्तो कदम सामाजिक न्याय र मानवअधिकारको मूल्य विपरीत हुने बताए।
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने– ‘कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।’
उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदाको तयारी भइरहेको भन्ने जानकारीले नेपाली समाजमा गम्भीर तरङ्ग र असन्तोष उत्पन्न भएको उल्लेख गरे।
श्रेष्ठले यस्तो कदम सामाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण