गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
बिहीबार, २२ साउन २०८२, १३ : ११
सारांश
- बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- यो बिदा साउन २५ गते मनाइने गाईजात्रा पर्वको अवसरमा दिइएको हो।
- आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, यो निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ।
हेटौँडा । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइन् ।
नेवार समुदायको महत्त्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण