गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाख भन्दा बढीका सामानसहित एक जना नियन्त्रणमा
बिहीबार, २२ साउन २०८२, १९ : २१
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीस्थित गोल मार्केटबाट ३५ लाख बढीका सामानसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
बिहीबार ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडासहित सोही ठाउँमा रहेको राधा गोविन्द सप्लायर्सका सञ्चालक ३४ वर्षिय अंकुश गुप्तालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
३४ नम्बर गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलीको लत्ताकपडा सहित गोदाम सञ्चालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए ।
सञ्चालक गुप्तालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण