शिक्षा समिति बैठक
विद्यालय शिक्षासम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
बिहीबार, २२ साउन २०८२, २० : १३
सारांश
- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षक विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्यो।
- शिक्षकको बढुवा तीन किसिमले गर्ने गरी सहमति जुटेको छ, जसमा आन्तरिक प्रतिस्पर्धा, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन समावेश छन्।
- प्रधानाध्यापक शिक्षक महासङ्घको सदस्य नरहने र महासङ्घका पदाधिकारीलाई काजमा खटाउन सकिने व्यवस्था पारित गरियो।
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षक विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिको प्रतिवेदन पारित गरिएको हो ।शिक्षकहरूको बढुवा तीन किसिमले गर्ने गरी समितिमा सहमति जुटेको हो ।
शिक्षकहरूको आन्तरिक प्रतियोगिताद्वारा, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवा हुनेछ। नेपाल शिक्षक महासङ्घको पदाधिकारीलाई काजमा खटाउनेसँग सम्बन्धित व्यवस्था थियो ।
यसमा महासङ्घले तोकेको दुई जना पदाधिकारीलाई स्थानीय तहसँगको समन्वयमा शिक्षा मन्त्रालयले तोकेको निकाय वा विद्यालयमा नियमित हाजिर हुने गरी काजमा राख्न सकिने सहमति जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण