पुटिनको भारत भ्रमण मिति लगभग तय: डोभाल
शुक्रबार, २३ साउन २०८२, ०० : ३९
सारांश
- अजित डोभालले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको मिति तय भएको बताए।
- डोभालले मस्कोमा आयोजित बैठकमा पुटिनको भारत भ्रमणबारे जानकारी दिए।
- उनले भारत-रुस सम्बन्धलाई नयाँ दिशा दिने उल्लेख गरे तापनि भ्रमणको मिति खुलाएनन्।
काठमाडौँ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले रूसी राष्ट्रपति व्लादिमीर पुटिनको भारत भ्रमणको मिति लगभग तय भएको बताएका छन्।
रुसको भ्रमणमा रहेका डोभालले मस्कोमा आयोजित एक बैठकको क्रममा भने, ‘राष्ट्रपति पुटिन भारत भ्रमणमा आउन लाग्नु भएको खबरले हामी अत्यन्त उत्साहित र खुसी छौँ... मलाई लाग्छ अहिले उहाँको भ्रमणको मिति पनि लगभग तय भइसकेको छ।’
डोभालले यस्तो शिखर बैठकहरू सधैँ महत्त्वपूर्ण हुने उल्लेख गर्दै यसले भारत–रुस सम्बन्धलाई नयाँ दिशा दिने बताएका छन्। यद्यपि उनले भ्रमणको ठ्याक्कै मिति भने खुलाएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण