कान्छाराम कन्स्ट्रक्सनसहित २३ निर्माण कम्पनीसँग स्पष्टीकरण माग
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ।
- कार्यालयले सम्झौताअनुसार काम नगर्ने कम्पनीहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
- स्पष्टीकरण नआएमा सार्वजनिक खरिद ऐनअनुसार ती कम्पनीहरू कालोसूचीमा पर्नेछन्।
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ।
कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको हो।
विभिन्न सरकारी निकायहरूले सम्झौता बमोजिम काम नगरेको भन्दै यी कम्पनीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरेका थिए। खरिद अनुगमन कार्यालयले यसअघि पत्राचार गर्दा पनि कम्पनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो।
सूचनाअनुसार, मिति २०८२ साउन २३ गतेबाट ७ दिनभित्र, अर्थात् साउन २९ गतेभित्र, कालोसूचीमा राख्न नपर्ने कुनै आधार र प्रमाण भए पेस गर्न भनिएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार कालोसूचीमा राखिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण