पोस्टरमा यस्तो देखियो 'हरिबहादुरको जुत्ता'
सारांश
- नयाँ चलचित्र 'हरिबहादुरको जुत्ता' को पोस्टर सार्वजनिक भयो, जसमा मुख्य कलाकारहरू देखिएका छन्।
- पोस्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्काको चरित्र चित्रण गरिएको छ।
- यो चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउने भएको छ।
काठमाडौँ । चलचित्र 'हरिबहादुरको जुत्ता' को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ।
पोस्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्। सार्वजनिक पोस्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ। पोस्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन्।
प्रकाश केहि रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन्। यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ। सार्वजनिक पोस्टरलाई शान थापा र विजय बस्यालले तयार गरेका छन्।
चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण