अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : थापा
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विपिन जोशीको रिहाइको लागि उनको बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुनसक्ने बताए।
- उनले इजरायल सरकारको यो कार्यले हमाससँगको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने र अन्य विकल्प खोज्नुपर्ने सुझाव दिए।
- थापाले सरकारलाई अन्तर्राष्ट्रिय रेडक्रस जस्ता संस्थाहरूको सहयोग लिएर दबाब सिर्जना गर्न आग्रह गरेका छन्।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा दबाब बढाउन उनका बाबुमाआलाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्ने बताएका छन् ।
सामाजिक सञ्जालमा थापाले लेखेका छन्–'विश्वका कतिपय मुलुकहरूले आतङ्ककारी घोषित गरिएको हमास समूहले करिब दुई वर्षदेखि बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीलाई रिहा गराउन अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यका साथ इजरायल सरकारले उनको बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ र अमेरिका लैजाने निर्णय गरेको सुन्दा अलि अनौठो लागेको छ। यस कार्यलाई अनुमति दिने बारे नेपाल सरकारले गम्भीर भएर सोच्न आग्रह गर्दछु।'
थापाले थप लेखेका छन्– 'हमाससँग युद्धरत रहेको र पछिल्लो समय मानव अधिकार उल्लंघनको कारण विवाद र आलोचनामा रहेको इजरायल सरकारको यो कार्य प्रत्युत्पादक हुन सक्दछ । इजरायल सरकारको सदासयताप्रति धन्यवाद व्यक्त गर्दै सरकारले अन्य विकल्प खोज्नु उपयुक्त हुन्छ। सरकारको ध्यान जाओस् ।'
अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न त्यसै पनि ढिला भइसकेको र यसमा नेपाल सरकार चुकेको थापाको भनाइ छ। अन्तर्राष्ट्रिय रेडक्रस जस्ता मानवीय संस्थाहरूको सहयोग लिएर अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नु उपयुक्त हुनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण