उत्तराखण्डमा बाढी पहिरो : धादिङका चार जना परेको आशङ्का
सारांश
- भारतको उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना नेपाली बाढीपहिरोमा परेको आशंका गरिएको छ।
- उनीहरू घटना हुनुभन्दा अघि परिवारको सम्पर्कमा थिए, तर त्यसपछि सम्पर्कविहीन भएका हुन्।
- परिवारले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन्।
काठमाडौँ । भारतको उत्तराखण्डमा काम गर्न गएका धादिङ ज्वालामुखी गाउँपालिका वडानम्बर २ का चार जना नेपाली बाढी पहिरोमा परेको आशङ्का गरिएको छ ।
उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपश्चात् सम्पर्कविहीन भएको बताइएको छ । परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन् ।
परिवारका सदस्यहरूको आग्रह अनुसार गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।
यसअघि उक्त घटनामा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएका खबरहरू आएका थिए ।
साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण