पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न चितवन प्रशासनको निर्देशन
सारांश
- चितवन जिल्ला प्रशासन कार्यालयले ४५ वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न निर्देशन दिएको छ।
- शिक्षा मन्त्रालय र बागमती प्रदेशको अनुमति बिना सञ्चालित संस्थाहरू बन्द गर्न निर्देशन दिइएको हो।
- प्रशासनले कागजपत्र पेश नगर्ने परामर्श केन्द्रहरूलाई बन्द गर्न प्रहरीलाई निर्देशन दिएको छ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरू बन्द गर्न निर्देशन दिइएको छ । साे कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरूलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने- ‘जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौँ । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।’
बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरूबाट ठगिएको सूचनाका आधारमा जिल्ला प्रशासनले विभिन्न चरणमा आवश्यक कागजपत्र पेस गर्न सूचना जारी गरेको थियो । उनका अनुसार पहिलो चरणमा २४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटाले कागजपत्र पेस गरेका छन् । तीबाहेक अन्यलाई बन्द गर्न निर्देशन दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण