कर्णालीमा स्वास्थ्य परीक्षण अभियान : साढे २२ हजारको परीक्षण गर्दा २५ सयमा उच्च रक्तचाप
सारांश
- कर्णाली प्रदेश सरकारले २२ हजार ७५१ जना नागरिकको स्वास्थ्य परीक्षण गरेको छ।
- परीक्षणमा हजारौँमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी समस्या देखिएको छ।
- स्वास्थ्य परीक्षण अभियान स्थानीय तह र स्वास्थ्य सेवा कार्यालयहरूको समन्वयमा गरिएको थियो।
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभरका २२ हजार ७५१ जना नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गत वर्ष प्रदेशका १३ वटा स्थानीय तहमा स्वास्थ्य परीक्षण अभियान चलाइएको थियो ।
स्वास्थ्य परीक्षण गर्दा हजारौँमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी समस्या देखिएको हो, जसले नसर्ने रोगको भयावह रहेको देखाएको छ ।
परीक्षण गरिएकामध्ये दुई हजार ५३६ जनामा पहिलो पटक उच्च रक्तचाप देखियो भने १ हजार ४२८ जनामा मधुमेहको समस्या पहिचान भएको छ । यस्तै, ७९४ जनामा मिर्गौला सम्बन्धी प्रारम्भिक समस्या देखिएको छ ।
कार्यक्रमबाट लाभान्वितहरूको जिल्लागत विवरण

यो कार्यक्रम सामाजिक विकास मन्त्रालय, जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य सेवा कार्यालयहरू र स्थानीय तहहरूको संयुक्त र समन्वयमा गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । स्वास्थ्यकर्मीहरूले नागरिकको घरदैलोमै पुगेर परीक्षण तथा परामर्श सेवा प्रदान गरेको उनको भनाइ छ ।
उनका अनुसार अभियान यसअघि हुम्लाको नाम्खा र खार्पुनाथ गाउँपालिका, मुगुको मुगुमकार्मारोङ गाउँपालिका, जुम्लाको पातारासी र कनकासुन्दरी गाउँपालिका, दैलेखको डुंगेश्वर र भगवती माई गाउँपालिका, सुर्खेतको गुर्भाकोट नगरपालिका, सल्यानको कपुरकोट र कालिमाटी गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालन गरिएको थियो ।
यस्तै, जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा पनि अभियान चलाइएको छ । कार्यक्रममा पहिचान भएका बिरामीहरूलाई थप उपचार र नियमित परामर्शका लागि नजिकको स्वास्थ्य संस्था तथा अस्पतालमा जान सिफारिस गरिएको छ । यसका साथै नसर्ने रोगहरूको रोकथामका लागि योग–ध्यान जस्ता कार्यक्रमलाई समेत जिल्ला सदरमुकामहरूमा विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।
यो कार्यक्रमले नसर्ने रोगको बढ्दो जोखिमलाई समयमै पहिचान गरी कर्णालीका नागरिकको जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । आगामी दिनमा यस्ता अभियानलाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याएको उनको भनाइ छ । सरकारले प्रदेशभरका सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ ।
‘बिना लक्षण शरीरलाई भित्रभित्रै कमजोर बनाउने ‘साइलेन्ट किलर’ रोगहरूको समयमै पहिचान गरी नागरिकलाई उपचारको दायरामा ल्याउनु र ठुलो आर्थिक भारबाट जोगाउनु कार्यक्रमको मुख्य उद्देश्य हो,’ भण्डारीले भने ।
चालु आर्थिक वर्षबाट ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने मन्त्रालयको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण