जन्मदिनको भोज खाँदा २७ जना बिरामी
शुक्रबार, २३ साउन २०८२, १३ : ०६
उदयपुर । त्रियुगा नगरपालिका-७, नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना मानिस बिरामी परेका छन्।
साउन २१ गते राति करिब ९ बजे जितेन्द्र राईको घरमा जन्मदिन मनाउने क्रममा छरछिमेकका मानिसहरू भेला भएका थिए। भोजमा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनिया, पुवा आदि) खाएपछि उनीहरूलाई झाडापखाला र बान्ता हुन थालेको थियो।
बिरामी परेका २७ जनालाई साउन २२ गते राति ८ बजे जिल्ला अस्पताल, उदयपुरमा उपचारका लागि भर्ना गरिएको थियो। बिरामी हुनेहरूमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन्।
अस्पतालमा भर्ना भएका मध्ये २६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जना बालकको भने उपचार जारी रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण