मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन्।
- मुख्यमन्त्री बानियाँले भदौ १८ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने छ।
- कांग्रेस र एमाले गठबन्धनको सरकारमा मुख्यमन्त्री बानियाँले ६४ सांसदको समर्थन प्राप्त गरेका छन्।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने भएका हुन् ।
गठबन्धनको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ १८ गतेसम्ममा संसदबाट विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका हुन् ।
साउन २० मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
गत साउन २० मा नेपालको संविधानको दफा १६८ को उपधारा २ बमोजिमको सरकारको नेतृत्व गरेका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिनका लागि संसद् बैठक आह्वान गर्न सभामुख भुवनकुमार पाठकलाई जानकारी गराइसकेका छन् । सभामुख पाठकका अनुसार छलफल गरेर मिति तय भए पनि औपचारिक पत्र भने प्राप्त हुने क्रममा रहेको र सोहीअनुसार संसद्को बैठकको समय निर्धारण गर्ने तयारी रहेको छ ।
कांग्रेस बागमती प्रदेश सभापति समेत बानियाँ कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० मा मुख्यमन्त्री बनेका थिए । बानियाँले आफ्नै दलका नेता बहादुरसिंह लामा माथि संसदीय दलमा अविश्वास प्रस्ताव राखेर पारित गर्दै दल नेताको निर्वाचनमा लामालाई पराजित गरेर दल नेता बनेका थिए । दलको नेता बनेर पार्टीको दवावसहित लामालाई मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेका उनले साउन २० मा सत्ताको बागडोर सम्हाल्दै साउन १२ मा एक विना विभागीय मन्त्री सहित कांग्रेसका २ र एमालेका ६ मन्त्री सरकारमा सहभागी गराएका छन् ।
१४ मन्त्रालय रहेको बागमती प्रदेशमा गठबन्धन दलहरूबिच एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाउने भागबन्डा रहेको छ । अन्य ६ मन्त्रालयको जिम्मा बानियाँको काँधमा कायमै रहेको छ । सरकारलाई पूर्णता दिनु पूर्व नै उनी विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण